
काठमाडौं । अहंकारी, दम्भी र तानाशाहीका पर्यावाचीको रुपम नेपाली राजनीतिमा चिनिएका प्रमुख प्रतिपक्षी दल नेकपाका एमालेका अध्यक्ष खड्गप्रसाद उर्फ केपी शर्मा ओलीको अरानैतिक बकबकले कोसी प्रदेशमा साम्प्रदायिक भड्काव बढ्ने सम्भावना बढ्दै छ । त्यसको ताजा उदाहरण हालै सामजिक सञ्जालमा एक व्यक्तिले गोरु काटेको भिडियो सार्वजनिक भएपछि, धरान उपमहानगरमा २४ घण्टे कफ्यु (निषेधाज्ञा)नै लगाउनु परेको छ भने हिजो शनिबार त्यसका बाबजुद सनातन हिन्दुहरुले स्वतः स्फूर्तरुपमा हजारौंको संख्यामा जुलुस प्रदर्शन गरेका छन् ।
मंसिर सम्पन्न चुनावपछि प्रचण्डलाई बालकोटको बार्दली गठबन्धन गराएर प्रधानमन्त्री बनाएपछि निकै हौसिएका ओली उनकै अनावश्यक खटनपटनबाट दिक्क भएर प्रचण्ड कांग्रेस नेतृत्वको पुरानै गठबन्धबाट अघि बढेपछि एमाले एकाएका प्रतिपक्षको बेन्चमा पुगेको थियो । सबै प्रदेश र केन्द्रमा मन्त्रीहरु गुमाउँदा रन्थनिएका ओली अनावश्यक रुपमा कोसी प्रदेशको आन्दोलनमा झिँगे दाउँ खेलेर बसका छन् । हो, कोसी प्रदेशको नामाकरण पछि त्यहाँ अहिले पनि पहिचानवादीहरुले आन्दोलन गरिराखेका छन् भने आन्दोलनमा एक जनाको मृत्यु पनि भइसकेको छ । आन्दोलन अहिले पनि जारी रहेका बेला ओलीले कोसी प्रदेशमा साम्प्रदायिकता भड्काउने अभिव्यक्ति दिँदै हिँडेका छन् ।
आजको देशान्तर साप्ताहिक प्रत्रिकामा खबर छ ।