गृहमन्त्रीज्यू, सुन तस्कर दावाको नेपाली नागरिकता कहिले रद्ध हुन्छ ?

दियो पोस्ट  

काठमाडौं । गृह मन्त्रालयको ६१ किलो सुन तस्करीको मुख्य योजनाकार मानिएका विदेशी नागरिका निमा तामाङ भनिने दावा छिरिङको नेपाली नागरिकता रद्ध गर्न प्रक्रिया हालसम्म पनि शुरु गर्न सकेको छैन ।

चिनियाँ मूलका बेल्जियम नागरिक दावाले राजनीतिक तथा प्रशासनिक सेटिङ मिलाएर नेपाली नागरिकता लिएको पुष्टि भइसक्दा समेत गृहमन्त्रालयले सो नागरिकता रद्ध गर्ने प्रक्रिया अगाडि नबढाउनुले आशंका सिर्जना गरेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले दावाको नागरिकता छानबिन गर्न समिति बनाए पनि सो समितिले काममा ढिलाई गर्दा समितिलाई थप जवाफदेही बनाउन विशेष पहल गर्न नसकेको मन्त्रालयको स्रोतले जनाएको छ ।

सुन तस्करीको मुख्य योजनाकार मध्ये एक मानिएका उनी हाल प्रहरी हिरासतमा छन् । उनी गत १५ साउनमा पक्राउ परेका थिए । दावाले जिल्ला प्रशासन काभ्रेबाट नक्कली कागजात प्रयोग गरी नेपाली नागरिकता लिएको पुष्टि भइसकेको छ । उनले आफुजस्तै ५ विदेशीलाई समेत नेपाली नागरिकता दिलाएका थिए । तर उनीहरुको नागरिकता रद्ध गर्न प्रशासनले चरम ढिलाइ गरिरहेको छ ।

गृह मन्त्रालयले भने दावाको नागरिकतको बारेका छानबिन भइरहेको दाबी गरेको छ । मन्त्रालयका अनुसार सुन तस्करीमा संलग्न दावाको नागरिकताको विषयमा टुंगोमा पुग्न छानबिन भइरहेको हो । तर मन्त्रालयले टुंगोमा पुग्न ढिलाइ गरिरहेको छ ।

गृह मन्त्रालयका सहसचिव एंवम प्रवत्ता नरायणप्रसाद भट्टराईले दावाको नागरिकता रद्ध गर्न केही ढिलाइ भए पनि अब छिट्टै नागरिकता रद्ध गर्न दाबी गर्नुभयो । उहाँले नागरिकता रद्ध गर्न ढिलाइ भएको स्वीकारर्दै नेपालसमाचार पत्रसँग भन्नुभयो–‘नागरिकता छानबिनलाई परिणामुखी बनाउने हिसाबले मन्त्रालय लागिरहेको छ । छानबिनको प्रक्रियाका जटिलताले गर्दा केही ढिलाइ भए पनि त्यससलाई टुंगोमा पु¥याइनेछ ।’ गृहमन्त्रालयले दावाको नागरिकताको विषयमा प्रश्न उठेपछि मन्त्रालयले छानबिन थालेको जनाउदै आएको छ ।

आजको नेपाल समाचारपत्र पत्रिकामा खबर छ ।

सिफारिस