ओलीले च्यालेञ्ज गर्नुको के हो अन्तर्य ?

दियो पोस्ट  

काठमाडौं । ललिता निवास जतिकै तात्तातो र पाइला–पाइलामा शंकाको नजरले हेरिएको मामिला छ, झापास्थित गरीबन्दु टि इस्टेटको जमिन सट्टापट्टा प्रकरण । जसलाई केपी ओलीले आफूँ प्रधानमन्त्री हुँदा गुपचुपमा निजी क्षेत्रलाई दिन खोजेको भनि कुरा उठिरहेको छ । यो कुरालाई लिएर एकातिर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्कोतिर एमाले अध्क्षय केपी ओली त्यस मामिलासँग जोडिएका व्यक्तिहरुसँग छलफलमा जुट्नुभएको छ । विहीबार, अर्थात भदौ ७ गते बिहान प्रधानमन्त्रीले केही व्यक्तिलाई बालुवाटारमा नै बोलाएर सोध्नुभयो, ‘भएको हो ?’ अनि यही बुझेर ओलीचाहिँ लौ सक्छौ भने ममाथि छानबिन गर भनेरै दिनदिनै चुनैति दिएको दियै हुनुहुन्छ ।

अहिले दिपक मल्होत्राको नाम जोडिएको उक्त प्रकरणमा पहिला दुर्गा प्रसाईको खेलो चलेको रहेछ । उनले नीतिगत निमार्ण (मन्त्रिपरिषद्)का आधारमा त्यहाँको जग्गा लिएका थिए । त्यसरी जग्गा लिनुअघि सट्टाभर्ना गर्नुपर्नेमा त्यो प्रक्रिया पूरा गरिएको थिएन । किनभने, त्यहाँको चिया बगान मास्न पाइँदैन । तर, त्यसो नगरि प्रसाईले जग्गा लिएर बिएण्ड सी अस्पताल ठड्याए । त्यस बाफत अर्को जग्गा दिएनन् । सीधासीधा किनेमात्रै । तर, कानुनले त्यसो भन्दैन । यही बुझेर ओलीले चलाखी गर्दै रातारात कानुन संशोधन गरिदिनुभयो र कामकुरो गुपचुप अघि बढ्न थाल्यो । त्यसको ५ दिनमा त ओली सरकार ढल्यो पनि । यो कुरा सुनेपछि प्रचण्ड त्यतिसाह्रो नकारात्मक हुनुहुन्न भन्ने बुझियो । भन्नुभयो ‘बुझेरमात्रै अगाडि बढ्छु ।’ त्यसअघि उहाँले साउन २९ का दिन सम्पादकहरुसँगका भेट्का क्रममा ‘गिरीबन्धुको फाइल हेर्छु’ भनेपछि राष्ट्रिय राजनीतिमा एक किसिमको तरंग मच्चिएको थियो ।

इतिहासतिर जाँदा देखिन्छ, ०५२–०५३ सालमा त्यहाँको ५० बिधा जग्गा प्लटिङ गरेर बेचियो । कारोबारीहरुले आफुले उक्त जमिन लिनुअघि सरकारको नाममा बसपार्क बनाउन निः शुल्क तीन बिघा जमिन दिए । अहिले बिर्तामोड बसपार्क भएको त्यहीँ हो । त्यसपछि उनीहरुले बाँकी ५० बिघा जमिन बिक्री गरे ।

त्यस विषयमा अदालत र अख्तियार दुबैतिर मुद्दा चल्यो । अदालतले भन्यो, उप्रान्त ऐन संशोधन नगरी केही नगर्ने ।’ सोही आदेश अनुसार ओलीको पालामा ऐन शंसोधन गरेर जग्गा सट्टाभर्ना प्रक्रिया शुरु भयो । फेरि पनि यो विषय सर्वोच्च अदालतमा विचारधीन छ । सर्वोच्चमा दायर भएका तीन रिटमध्ये एउटामा अन्तिम आदेश आयो ।त्यसकारण अहिले सम्म त्यहाँको कारोबार रोक्का छ ।

अब अदालतले यो कामसही छ भन्यो भने मात्रै काम अगाडी बढ्ने हो नत्र च्याप्टर क्लोज । उक्त जमिनका धनी छत्र गिरी हुन् । उनले दाजुभाइलाई जग्गा दिनुपर्नेमा नदिएको भनेर अर्को मुद्दा छ । छत्रको भनाई छ, ‘१ सय २० जमिन दिन्छु । ’ दाजुभाइको भनाइ छ, त्यसबेलाको नक्साअनुसार ससिम जमिन (पहिला जेजस्तो थियो, त्यस्तै) दिनुपर्छ । ’अर्थात्, पुरानो त्यसबेलाको नक्साअनुसार जग्गा दिँदा अहिले बढेको भाग पनि पाइन्छ । पहिलाको १ सय २० बिघामा बढेर अहिले १ सय ३०–४० भएको छ । छत्रले चाहिँ जमिन नापेर दिने भनेका छन् । त्यसबाहेक मल्होत्रालाई २ सय बिघा दिई १ सय ४१ आफैं राख्न खोजेका छन् । तर सट्टाभर्नाचाहिँ ३ सय ४१ बिघाकै हुने भनिएको छ ।

आजको जन आस्था साप्ताहिक पत्रिकामा खबर छ ।