एमाले नेताहरु जनकपुरमा

दियो पोस्ट  

काठमाडौँ । नेकपा (एमाले)का शीर्ष नेताहरु जनकपुर अवतरण भइसकेका छन् ।

सिरहाको सर्रे अम्बासमा हुने पार्टीको सचिवालयको बैठकमा भाग लिन जानेक्रममा बुद्ध एयरको जहाज प्राविधिक कारणले जनकपुरमा अवतरण हुन नसकी काठमाडौँ फर्किएपछि उनीहरु पुनः अर्को जहाजबाट जनकपुर पुगेका हुन् ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरु चढेको पहिलो जहाज प्राविधिक समस्याका कारण काठमाडौँ फर्किएको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित अन्य केही नेता विराटनगर हुँदै सिरहा जाँदै छन् ।

एमालेले तत्कालीन नेकपा (एमाले) को २०४७ सालमा चौँथो महाधिवशेन भएको उक्त स्थलमा यही भदौ ९ गते सचिवालयको बैठक राखेकामा वर्षाका कारण आजका लागि सारेको थियो ।