सुन तस्करी प्रकरणः थप १ जना पक्राउ, पक्राउ पर्नेको संख्या २४ पुग्यो

दियो पोस्ट  

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले थप एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाल्पा घर भएका गणेश पौडेल रहेको सीआईबीले जानकारी दिए।

हालसम्म उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ। पक्राउ परेका पौडेलको भूमिका के हो भन्नेबारे प्रहरीले केही खुलाएको छैन।

नेपालमा बरामद भएको सुन हङकङबाट आएको र यो प्रकरणमा चिनियाँ नागरिक समेत जोडिएकाले थप अनुसन्धान तथा सूचना संकलनका लागि भन्दै सीआईबीका एसएसपी दिनेश आचार्यलाई हङकङ पठाइएको हो।