आफैंले कानुन बनाएर आफैंलाई नियुक्ति

पूर्वप्रमुख प्रशासकीयको अधिकृतको हर्कत

दियो पोस्ट  

काठमाडौं । तारकेश्वर नगरपालिका काठमाडौंका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत डा.कृष्णबहादुर घिमिरेले नगरपालिकाका नै एउटा महत्वपूर्ण पद सिर्जना गरेर सेवानिवृत्त भएपछि सो पदमा आफैंलाई नियुक्ति दिलाउन सफल हुनुभएको छ । उहाँले आफु प्रमुख प्रशासकीय अधिकृत रहँदा मेयरलाई प्रभावमा पारेर पालिका योजना आयोग बनाउने सम्बन्धी कानुन बनाउनुभएको थियो । सोही कानुन अनुसारका सेटिङका आधारमा सेवानिवृत्त भएपछि उहाँ आफै उक्त आयोगको उपाध्यक्ष बन्नुभएको हो ।

वि.सं २०७९ फागुन ८ गते तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बनेका घिमिरे आफ्नो ६ महिने कार्यकाल सकिए लगतै गत शुक्रबार पालिका योजना आयोगको उपाध्यक्ष बन्नुभएको हो ।

६ महिना नगरपालिकाको काम गरेसँगै अवकास लिएका घिमिरेले नगरप्रमुख कृष्णहरि महर्जनलाई प्रभावमा पारेर उपाध्यक्ष बनेसँगै मेयह महर्जन र घिमिरेको चौतर्फी विरोध भएको छ । यद्यपि, नगरपालिकाका उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालले घिमिरे नियम, कार्यविधिलगायत सबै पूरा गरेर नगरपालिकाको योजना आयोगको अध्यक्ष बनेको दाबी गर्नुभयो । उपाध्यक्ष बनेका घिमिरेले आफूलाई नगरप्रमुखले नियुक्ति गर्नुभएको बताउनुभयो । उहाँको सेवासुविधा बारेमा भने निर्णय हुन बाँकी छ ।

तारकेश्वर नगरपालिका श्रावण १० गते सेवा सकिएका प्रमुख प्रशासकीय अधिकृत घिमिरेले आफैं ऐन बनाएर आफनो व्यवस्थापन गरेको स्थानीय तहमा पहिलो घटना भएको जानकारहरु बताउँछन् । तारकेश्वर नगरपालिका विकास योजना आयोग गठन तथा सञ्चालन कार्यविधि ऐन, २०८० बमोजिम घिमिरेलाई आगामी ३ वर्षका लागि आयोगको उपाध्यक्षमा नियुत्त गरिएको हो ।

कानुन छिद्रको आडमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) ले स्थानीय निकायलाई विकास योजना आयोगको गठनको अधिकार दिएको छ । सो अधिकारलाई उपयोग गरेर योजना आयोग गठन गरेको छ ।
आर्थिक भार परेको भन्दै प्रदेश सरकारकै खारेजीको आवाज चौतर्फी रुपमा उठिरहेको बेला योजना आयोगको उपाध्यक्ष पद सिर्जना गरेर स्थानीय तहले अनावश्यक व्ययभार बढाएको देखिएको छ । यस प्रकारको गलत अभ्यासको सिको अन्य नगरपालिकाले समेत गर्न सक्ने

आजको नेपाल समाचार पत्रिकामा खबर छ ।