कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

दियो पोस्ट  

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य(सचिव जंगबहादुर अर्यालले जानकारी दिए । २४ वैशाखमा भएको कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी भएका थिए ।

बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी सहभागी भएका थिए ।

सिफारिस