
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ७ स्थित खनियाबासमा लुटपाट गरि बृद्धको हत्या गर्ने एकजनालाई प्रहरीले प्रक्राउ गरेको छ । गत साउन १८ गते बिहान ३ बजे बाह्रबीसे नगरपालिका वडा न ७ खनियावासकी ७१ बर्षिय रत्नकुमारी थापालाई लुटपाट गरि हत्या गरेको आरोपमा प्रहरीले सोही स्थानका ३६ वर्षिय फुने भनिने सञ्जिब देउजालाई प्रहरी पक्राउ गरेको हो ।
वृद्ध मात्रै रहेको थाहापाएपछी देउजाले सुन तथा धनमाल लुट्ने उदेश्यले लुटपाट गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। साउन १८ गते आफ्नै आँगनमा निस्केको थाहा पाएपछि थापालाई हत्या गरि गरगहना र नगद लुटपाट गरि देउजा फरार भएका थिए । घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा पुगेका प्रहरीले तालिम प्राप्त कुकुरसहितको टोलिले अनुसन्धान थालेको हो । घटना पछि फरार रहेको आरोपित देउजालाई सोमबार काठमाण्डौंको गोंगबुबाट पक्राउ गरि सिन्धुपाल्चोक ल्याएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी निरन्जन भट्टराईले बताए ।
भट्टराईले भने, घटना घटेको छोटो समयमा आरोपितलाई पक्राउ गर्न प्रहरी सफ़ल भएको उनले बताए । देउजाले बृद्धासँग केही नगद तथा गरगहना भएको थाहा पाएपछि लुटपाट गर्ने उदेश्यले हत्या गरेको आरोपित देउजाले स्वीकार गरेको भट्टराईले बताए । अहिले हामिले थप अनुसन्धान गर्दै छौ, उनले लुटेर लगेको गरगहना तथा नगद भेटिएको छैन, अरोपितबाट थप केही नयाँ कुरा निस्किन सक्छ अहिले त्यस्तो केहि कुरा खुलेको छैन हामीले सोधपुछ तथा अनुसन्धान गरिरहेका छौ।
मंगलबार उनलाई सार्वजनिक गर्दै जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।