तीन एआइजीको सरुवा, एकको पदस्थापना : सिआइबीमा दिपक थापा, मेट्रोमा किरण बज्राचार्य

दियोपोस्ट संवाददाता

काठमाडौं । सरकारले जनपथ तर्फ नेपाल प्रहरीका तीन प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी)को सरुवा तथा पदस्थापना गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले नेपाल प्रहरीका एआइजी दिपक थापालाई उपत्यका प्रहरी कार्यालयबाट प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो (सिआइबी)मा सरुवा गरिएको छ ।

त्यस्तै यसअघि सिआइबी प्रमुख रहेका श्यामलाल ज्ञवालीलाई प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ । उपत्यका प्रहरी कार्यालयमा एआइजी किरण बज्राचार्यलाई सरुवा गरिएको छ । त्यस्तै एआइजी रामदत्त जोशीलाई कार्य विभागमा सरुवा गरिएको छ ।

सम्बन्धित खबर

सिफारिस