नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं । काठमाडौंबाट उडेको एक हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको उक्त हेलिकप्टर शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुर्यचौर जंगलमा बुधबार दिउँसो दुर्घटनामा परेको हो ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका सूचना अधिकारी कृष्ण प्रसाद हुमागाईकाअनुसार पाँच जनाको शव भेटिएको छ । “हेलीकप्टर भने कुन कम्पनीको हो त्यो पत्ता लागिसकेको छैन तर अहिले पाँच जनाको शव भेटिएको भन्ने छ । यस विषयमा थप विवरण आउला ,” उनल भने ।

एक महिला र चार पुरुष गरि पाँच जनाको शव फेला परेको हाे उनले बताए ।

उडेको ३ मिनेटपछि उक्त हेलिकप्टर सम्पर्कविहीन भएको थियो।

थप विवरण आउदै…