डाइनेष्टी हेलिकप्टर दुर्घटनाः काठमाडौं लगियो शव (तस्बरहरु)

दियोपोस्ट संवाददाता

नुवाकोट । नुवाकोटको सूर्यचौरमा भएको एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाका पाँचै जनाको शव काठमाडौं लगिएको छ।

बुधबार दिउँसो करिब २ः२० बजे शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित सूर्यचौरमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको थियो।

उक्त हेलिकप्टर काठमाडौंबाट १ः५४ बजे रसुवाको स्याप्रुबेसीका लागि उडेको थियो। काठमाडौंबाट उडेको तीन मिनेटमै एयरटावरसँग सम्पर्कबिच्छेद भएको थियो। त्यसको केही समयपछि हेलिकप्‍टर दुर्घटनामा परेको हो।

हेलिकप्टरमा रहेका चार जना चिनियाँ नागरिक र एक जना नेपाली पाइलटको मृत्यु भएको हो। मृतक क्याप्टेन अरूण मल्ल, चिनियाँ नागरिकहरू टाङ जुटाओ, वु यियाओ, ली जेई र सेइ जिमिङको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ।

उनीहरूको शव संकलन गरी शव बहानमा राखेर काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ल्याइएको पठाइएको छ।

सम्बन्धित खबर

सिफारिस