भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, स्थानीयद्वारा सडक प्रदर्शन

दियोपोस्ट संवाददाता

भक्तपुर । भक्तपुरमा स्कुटर चालकको मृत्यु भएको छ । भक्तपुरको गठ्ठाघरमा बिहीबार ट्राफिक प्रहरीले जाँच गरिरहेको अवस्थामा मालबाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो । आज दिउँसोे करिब २ बजे बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिदाँ स्कुटर चालक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

ट्रकले स्कुटर चालकलाई ठक्कर दिएर करिब २० मिटर परसम्म धसार्दै लगेको थियो । दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने स्थानीयले केही समय सडक अवरुद्धसमेत गरेका थिए ।

आक्रोशित स्थानीयले प्रहरीमाथि ढुगांमुडा प्रहारसहित ट्रक तोडफोड समेत गरेका गरेका थिए भने ट्रकमाथि आगजनीको समेत गरेका छन् । प्रदर्शनकारी आक्रामक भएपछि भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास हानेको छ । यद्यपी अहिले भने स्थिति सामान्य बनेको छ ।
मृतकको पहिचानभने खुल्न सकेको छैन । मृतकको शव क्षतविक्षत अवस्थामा रहेको प्रहरी स्रोतले जानकारी दियो । ट्रक चालक फरार रहेका छन् ।

सम्बन्धित खबर

सिफारिस