सिन्धुपाल्चोक । प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेले स्वास्थ्य औजार सामाग्री पाएको छ। बाह्रबिसे नगरपालिका ९ स्थित राम्चेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेले आबश्यक स्वास्थ्यपोचार औजार सामाग्री सहयोग पाएको हो।
काङ्ग्रेस नेता एवंम पुर्व स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे पुगेर स्वास्थ्य सामाग्रीऔजार हस्तान्तरण गरेका हुन् । उनले स्वास्थ्य केन्द्रलाई इ सि जी मेसिन, डेलिभरी बेड, सक्सन मेसिन, नेबुलाइजर मेसिन, ट्रली, बि पि सेट, व्हिल चेअर, माइक्रोस्कोप, इलेक्ट्रोलाइट एनालाइजर लगायत स्वास्थ्य औजार सामाग्री हस्तान्तरण गरेको प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेले बताएको छ।
हामीलाई आबश्यक पर्ने स्वास्थ्यपोचार सामाग्री सहयोग गर्नु भयो, अहिले प्राथमिक केन्द्रमा थोरै भएपनी उपचार गर्न सहज हुन्छ, अहिले पाएको स्वास्थ्य सामाग्रीले उपचारमा केही सहज हुने र आवश्यक सामाग्रीको लागि अनुरोध गर्ने प्राथमिक केन्द्रको भनाइ छ। स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै पुर्व स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले भने, हामीले कोरोना काल देखी अहिलेसम्म स्वास्थ्य क्षेत्रमा सकेको सहयोग गर्दै आएको छु, मेरो सहयोग निरन्तर रहनेछ, तपाईंहरुलाई काम गर्ने बाताबरण सहज हुनेनै छ, कसैले अस्पतालमा आएर हुलदङगा र धरपकड गर्न खोजे उनीहरुलाइ कडा कार्बाही गरिने बस्नेतले बताए ।
हामीले यो बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा सुबिधायुक्त स्वास्थ्य केन्द्र बनाउन लागि परेका छौ, नागरिकले उपचार राम्रो पाउने ब्यबस्थापन गरे मात्रै नागरिकले स्थानीय सरकार भएको महशुस गर्न पाउने बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बताए । उनले थपे, कोरोना कालमा म पार्टीको नेतृत्वमा मात्रै थिए, त्यतिबेला पनि मैले एउटा अभिभावकको भुमिका निर्बाह गर्दै आएको बस्नेतले सुनाए।
स्वास्थ्य केन्द्रलाई नगरपालिकाले प्राथमिकताका साथ हेर्दै आएको छ सम्भव भएसम्मको उपचार यहि हुने र यहाँ नसक्ने उपचार अन्यत्र रिफर गर्दै आएकोले आउदो दिनमा बाह्रबिसेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा थप स्वास्थ्य औजार सामाग्रीको ब्यबस्थापन गरेर अगाडि बढाउने मेयर बस्नेतले बताए ।
प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा भोटेकोसी गाउपालिका, त्रीपुरासुन्दरी गाउपलिका बाह्रबिसे नगरपालिका, बलेफी, सुनकोसी गाउँपालिका लगायतबाट उपचार गर्न आउने गरेका छन। १० बेड भएको प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच जना डाक्टर, पाँच जना नर्सिङ , चार जना पारामेडिक्स , ल्यावमा २ जना र फार्मेसी र एक्सेरेमा एक ( एक जना कार्यरत छन ।
यस अघि इ सि जी मेसिन, डेलिभरी बेड, सक्सन मेसिन, नेबुलाइजर मेसिन, ट्रली, बि पि सेट, व्हिल चेअर, माइक्रोस्कोप, इलेक्ट्रोलाइट एनालाइजर जस्ता स्वास्थ्यपोचार औजारको अभावमा स्वास्थ्य केन्द्र रहेको थियोे । प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेले भने, अब आउदो दिनमा यहाँका नागरिकले थप उपचार पाउने बताएको छ।