
जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा गएराति गएको पहिरो । पहिरोमा परि एकै घरका बाबु ४२ वर्षीय लालबहादुर परियार , आमा ३४ वर्षीया मनिसा परियार र २ वर्षका छोरा शिभम परियारको मृत्यु भएको छ । तस्बिर : हेमन्त केसी / रासस
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–२ डाँडागाउँमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
भूकम्प पीडितको अस्थायी टहरोमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको हो।
पहिरोमा पुरिएर नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, उनकी श्रीमती ३५ वर्षीया मनिसा विक र उनीहरुका दुई वर्षीय छोरा शुभम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता दिनेश तिमिल्सिनाले जानकारी दिए।
बझाङमा पनि पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ। राति आएको पहिरोमा परेर बुंगल नगरपालिका १० को टुमेडाका एकै परिवारका ४ जनाको मृत्यु भएको हो।