झापा, सुनसरी र मोरङका भारतीय सिमामा तस्करी मौलायो : सिडियोहरुकै मिलेमतो

- विवेक गाहा  

 

झापा । नेपाल भारत सिमा नाका मोरङ र सुनसरीबाट कपडा र लसुनको तस्करी बढेको पाइएको छ । सुनसरी र मोरङसँग जोडिएका खुल्ला सिमानाकाबाट कपडा र लसुनको तस्करी बढ्दै गइरहेको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा बलको लापरबाहीका कारण सिमा क्षेत्रमा तस्करी मौलाएको हो ।
तस्करी मौलाएपनि सबैजसो जिल्ला प्रशासन कार्यालयको चासो छैन । जिल्ला प्रशासन कार्यालय सुनसरी र मोरङको पनि मिलेमतोमा तस्करी भइरहेको आरोप छ । गोरु तस्करी विवादमा परेका डिआइजी शम्भु सुवेदी कार्यालय नै छाडेर सम्पर्कविहिन छन् ।
तस्करहरुको पहुँच जिल्लाका सिडिओ मात्रै होइन प्रहरीका हाकिमसम्म छ । कपडा तस्करीको धन्दा चलाई रहेका सुनसरीका रमेश शाह,दिलिप यादव र सिराहाका गोपाल भनिने व्यक्तिले माथिसम्म सेटिङ गरेका छन् ।
यसैगरी झापाका संजिव घोष, सोनु गुप्ता लगायतको समुहको साँठगाँठ पनि माथिसम्म छ । कपडा निकाल्ने नाका अमरुवा साहेबगंज कप्तानगञ्ज घोषकी नाका हुँदै इनरुवा र झुम्काबीच पकली हुँदै चतराको पुल निस्किएर मधेस प्रदेश जाने गरेको पाइएको छ । यता भने ४÷५ पिकअप हाउजीको माध्यमबाट फुलबारी चोक हुँदै इटहरी निस्किने गरेको पाइएको छ । नेपालबाट भारतमा हुने गोरु तस्करी र भारतबाट कपडा तस्करीमा डिआइजी सुवेदीको रहस्यमयी संलग्नता खुल्दा कुनै सोधपुछ समेत भएको छैन । उनका पिए इन्स्पेक्टर भुवन खड्काको काम नै प्रहरीको बर्दि लगाएर घुस उठाउनु हो । सुनसरीका प्रहरीप्रमुख पनि तस्करीलाई संरक्षण गर्नेमा छन् । पिए भनिने भुवन खड्काले तस्करसँग साठ गाठ मिलाउन समेत सहायक हल्दार कृष्ण शाह , हवल्दार जितेन ठाकुरलाई प्रयोग गरिरहेका छन् । हवल्दार ठाकुर सरुवा भएपनि त्यहीँ काजमा खटिएका छन् । यता भने तस्करहरूले दैनिक राति ९ बजेबाट बिहान ३ बजेसम्म तस्करी धन्दा चलाउने गरेको पाइएको छ । ५ देखि ७ गाडी पिकअपमा कपडा नेपाल आउने र ३÷४ पिकअप गाडीमा नेपालबाट लसुन लिएर भारत जाने गरेको पाइएको छ । कपडाको तस्करी धन्दा मिलाएर काठमाडौँसम्म कपडा पठाउनकै लागि १३ लाखमा काठमाडौँसम्मको लागि भनेर कपडा तस्करीहरूले मिलाउने गरेको पाइएको छ ।

सिफारिस