‘महाराज’को झूट पर्दाफास : श्रीमतीको ‘एक्सक्लुसिभ’ भिडियो बयान (भिडियाेसहित)

दियोपोस्ट संवाददाता

काठमाडौं । गत साउन १ गतेदेखि ३२ गतेसम्म पशुपति क्षेत्रमा आयोजित कोटिहोमका आयोजक मानव सेवा फाउन्डेशनका प्रमुख विजय भण्डारी उर्फ विजय कृष्णमूर्तिजी महाराजबारे दियोपोस्टले लामो समाचार श्रङ्खला प्रकाशन गर्यो । गुल्मीको सामान्य परिवारमा जन्मिएका भण्डारीको विगतबारे हामीले रिपोर्टिङ गरेका थियौँ ।

उनलाई जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले ठगी मुद्दामा कैद सजाय तोकेर कारागार चलान गरेको थियो । यसअघि आयोजित अधिकांश यज्ञ तथा धार्मिक कार्यक्रम समेत ठगीको लागि आयोजना गरिएको तथ्यहरुले नै देखाएको थियो । कतिपयलाई उनले अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा उनी दोषी ठहर भएका थिए ।

उनका अनुयायीहरुले भण्डारीलाई महाराजको रुपमा परिभाषित गरेपनि भण्डारीले भने धार्मिक आवरणमा ठगीधन्दा चलाइरहेको उनकै गतिविधिहरुले देखाउँथ्यो । प्रकाशित समाचारको खण्डन गर्न उनी दियोपोस्टका कार्यालयमै आएका थिए । कुनै पनि विषयमा प्रकाशित समाचारमा चित्त नबुझे सम्बन्धित पक्षलाई खण्डन गर्न पाउने कानुनी हकलाई सम्मान गर्दै दियोपोस्टले भण्डारीलाई न्युजरुममै बोलाएको थियौँ ।

न्युजरुममा उनले बोलेका विषयहरुमा आपत्ति जनाउँदै उनकी श्रीमती परिवर्तित नाम सुचना भण्डारी दियोपोस्टको स्टुडियोमै आउनु भएको छ । उहाँको नजरमा विजय भण्डारी को हुन् ? के उनी साँच्चै सात्विक धर्म गुरु हुन त ? उनले कोटिहोम वा यज्ञको नाममा के गरिरहेका छन् ? यी सबै प्रश्नहरुको जवाफ हामीले उनकी श्रीमतीबाट लिएका छौँ ।

दियोपोस्टको आधिकारीक युट्युव च्यानल मार्फत  साेमबार  नै भिडियो बयान प्रशारित भएकाे छ ।

भिडियाे पनि हेन्नुहाेस्