काठमाडौं । मंगलबार सिजी सिमेन्ट उद्योगमा एक कामदारको मृत्यु भए पछि उद्योगमा तनाव उत्पन्न भएको छ ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२, सोमादीमा रहेको सिजी सिमेन्ट उद्योगमा काम गर्दै आएका धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–६, बस्ने ४६ वर्षका दिनेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
उद्योगका लागि आवश्यक पर्ने कोईला टुक्राउन प्रयोग हुने मेशिनमा पेलिएर शर्माको मृत्यु भएको हो । “कोइला टुक्राउने मेशिन बेलाबेलामा जामहुने गथ्र्यो । शर्मा त्यसलाइ खुलाउन मेशिन भित्र गएका थिए । सोही बेला शर्मालाई मेशिनले पेलेको ” एक प्रत्येक्ष दर्शीले दियोपोष्टलाई बताएका छन् । उद्योगको लापरबाहिका कारण मृत्यु भएको भन्दै आफन्त र कामदारले बिरोध जनाएपछि उद्योगमा तनाब उत्पन्न भएको हो । मृतकको शव टुक्रिएको अवस्थामा रहेकाले पोष्टमार्टम हुन सक्ने वा नसक्ने अन्योलमै जिल्ला अस्पताल लगिएको र घटनाबारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।