
काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रममा १० लाख रुपैयाँ जित्ने व्यक्तिले २५० रुपैयाँको सामान खरिद गरेको खुलेको छ । कञ्चनपुरको शिवकृष्ण जनरल स्टोरका ग्राहकले उक्त पुरस्कार जितेका हुन् ।
शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले लक्की ड्र मार्फत १० लाख रुपैयाँ जित्ने व्यक्तिको कञ्चनपुरको शिवकृष्ण जनरल स्टोरबाट सामान किन्ने व्यक्ति भएको खुलेको हो ।
विजेताको कुपन नम्बर ००७–३१५–२५४–४९३ रहेको छ ।

१० लाख पुरस्कार जित्ने व्यक्ति को हुन् भनेर नखुले पनि उनले गत साउन ७ गते उक्त स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेको खुलेको छ ।