‘ब्रोड पिक’ मा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

दियोपोस्ट संवाददाता

काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि गरिएको छ । शुक्रबार काठमाडौंको स्वयम्भूमा बौद्ध परम्पराअनुसार गुरुङको अन्त्येष्टि गरिएको हो ।

गोरखाको लाप्राक निवासी गुरुङको शव बिहीबार उनका सहकर्मी पर्वतारोही मिङ्मा डेभिडले पाकिस्तानबाट नेपाल ल्याएका थिए । अन्त्येष्टिअघि श्रद्धाञ्जली अर्पणका लागि केही समय शव राखिएको थियो ।

अन्तिम श्रद्धाञ्जली कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले दिवंगत गुरुङको शवमा राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए।

उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको १० पटक सफल आरोहण गरेका थिए भने ८ हजार मिटरभन्दा अग्ला हिमालका २८ वटा सफल आरोहणको कीर्तिमान बनाएका थिए।

गत साता पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परेर गुरुङसहित १० जनाको ज्यान गएको थियो । मृतकमध्ये प्रख्यात पर्वतारोही निर्मल पुर्जासहित ६ जना नेपाली पर्वतारोही रहेका थिए ।

सम्बन्धित खबर

सिफारिस