प्रधानमन्त्री बालेन्द्र शाहलाई हत्या गर्ने धम्की दिएको आरोपमा २३ वर्षीय युवक पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलाई हत्या गर्ने धम्की दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका-९ स्थायी ठेगाना भई हाल कीर्तिपुरमा बस्दै आएका २३ वर्षीय पुस्कर दहाल पक्राउ परेका हुन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले दहाललाई कीर्तिपुरको नयाँबजारबाट पक्राउ गरिएको बताइएको छ । प्रधानमन्त्री शाहलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत हत्या गर्ने धम्की दिएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउपछि दहाललाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरो, भोटाहिटी पठाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । साइबर ब्युरोले घटनासँग सम्बन्धित डिजिटल सामग्री तथा अन्य प्रमाणको समेत अध्ययन गर्ने बताइएको छ ।

उनले आफूले संचालन गर्दै आएको सामाजिक सञ्जाल फेसबुकमा भदौ २३ गते प्रधानमन्त्री बालेन शाहलाई मार्ने धम्की दिएका थिए । अश्लिल र फोहोर शब्द समेत प्रयोग गरी दाहालले बालेनलाई हत्या गर्ने र प्रहरीसँग एक्लै लड्ने बताएका थिए ।

उपत्यका अपराध अनुसन्धान कार्यलयले बुधबार पक्राउ गरी साइबर ब्युराेमा पठाएकाे हाे ।

सिफारिस