
नुवाकोट । रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिको अवस्था तथा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्री वालेन्द्र शाह बिहीबार नुवाकोटको विदुर पुगेका छन् ।
प्रधानमन्त्री शाह सडकमार्ग हुँदै विदुर पुगेका हुन् । उनले विदुर नगरपालिकास्थित श्री नं.१ सैन्य तालिम केन्द्रमा प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूसँग बाढीपछिको अवस्था र उद्धार कार्यबारे ब्रिफिङ लिएका छन् ।
ब्रिफिङमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर तथा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल सहभागी छन् ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीलगायतले प्रधानमन्त्री शाहलाई बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको अवस्थाबारे जानकारी गराएका छन् । साथै, प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार र राहत व्यवस्थापनबारे समेत छलफल भइरहेको छ ।