करिब ६ सय किलो फर्सीको बियाँ बरामद

दियोपोस्ट संवाददाता

काठमाडौँ । सशस्त्र प्रहरी बलले शनिबार झापा बाट करिब ६ सय किलो फर्सीको बियाँ बरामद गरेको छ ।

मेचीनगर नगरपालिका-६ तुर्केनि स्थित मेचिखोला नजिकबाट अवैध रुपले भारत लैजाँदै गरेको १९ बोरा बियाँ सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकडभिट्टाले बरामद गरेको हो ।

सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेपछि अवैध ओसारपसारमा संलग्न व्यक्तिहरू सामान घटनास्थलमै छाडेर फरार भएका थिए।

नियन्त्रणमा लिइएको अन्दाजी ५ लाख बराबरको बरामद फर्सीको बियाँ भन्सार कार्यालय काँकडभिट्टा बुझाउने प्रक्रियामा रहेको छ । फरार भएकाको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

सम्बन्धित खबर