बगरमा बदलिएको बेत्रावती (फोटो फिचर)

प्रकाश विसी

बेत्रावतिः ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक रूपमा जीवन्त बेत्रावती बजार अहिले केवल बालुवा र बगर मात्र बाँकी छ। हिजोसम्म धार्मिक आस्था, व्यापार र मानिसहरूको चहलपहलले भरिभराउ यो क्षेत्र आज शोक र उजाड बगरमा परिणत भएको छ। यस बाढीले केवल भौतिक संरचना, घर, सडक र बजार मात्रै बगाएको छैन, यसले बेत्रावतीको शताब्दीयौंदेखिको सामाजिक जीवन, पुराना मीठा सम्झनाहरू र वर्षौंदेखि चलिआएको सांस्कृतिक निरन्तरतामाथि कहिल्यै नपुरिने गहिरो चोट पुर्‍याएको छ।

उत्तरगया धामले प्रसिद्ध वेत्रावती नेपाल–तिब्बत युद्धपछि सन्धि भएको स्थान समेत हो। त्यस बेलाको सन्धिलाई ‘बेत्रावती सन्धि’ भन्ने गरिन्छ। नेपालले यही बजार हुँदै सयौं वर्षदेखि चीनसँग व्यापार गर्दै आएको छ। घर, बस्तीमा पुरिएका शवको व्यवस्थापन हुन सकेको छैन। शवको दुर्गन्ध आउन थालेपछि स्थानीयमा स्वास्थ्य समस्याको जोखिम थपिएको छ।

फाेटाे हेर्नुहाेस् :

सम्बन्धित खबर