दसैँ मनाउन घर फर्किनेको घुइँचो, हालसम्म ४ लाख ९६ हजार बाहिरिए

दियोपोस्ट संवाददाता

काठमाडौँ । दसैँ मनाउन काठमाडौँ उपत्यका छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढ्दै गएको छ । घटस्थापनादेखि हालसम्म ४ लाख ९६ हजार यात्रुले उपत्यका छाडिसकेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बडादसैँअन्तर्गत महाअष्टमीको दिन आइतबार पनि गाउँघर फर्किने यात्रुको चाप देखिएको छ । उपत्यकाका नयाँबसपार्क, माछापोखरी, कलंकी, बल्खु, कोटेश्वर र गौशालालगायतका क्षेत्रमा घर फर्किने यात्रुको भीड लागेको छ ।

हरेक वर्ष दसैँका बेला ठूलो सङ्ख्यामा मानिस उपत्यका छाडेर आफ्नो गाउँघर फर्किने गर्छन्  । यस वर्ष पनि दसैँ नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढेको हो ।

दसैँ मनाउन उपत्यका छाड्नेको सङ्ख्या बढेसँगै यहाँका सडकमा सवारीसाधनको चाप घटेको छ । उपयुक्त शीर्षक राखिदिने