
सुनसरी । प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका-५ अमाहा सामुदायिक वनमा लुकाइराखेको अवस्थामा एकथान कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको छ । प्रहरी टोलीले सामुदायिक वनको पिठारीको रुखको फेदमा झ्यासले छोपेर राखेको अवस्थामा शनिबार साँझ कटुवा पेस्तोल र गोली बरामद गरेको हो ।
कटुवा पेस्तोलमा प्रयोग हुने गोली थ्रिनटथ्री राइफलमा पनि प्रयोग हुने गोली भएको प्रहरीले जानकारी दिएको छ ।
सामुदायिक वनभित्र हातहतियार लुकाएर राखिएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय, महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालय र भरौल प्रहरी चौकीबाट संयुक्तरुपमा टोली खटिएको थियो ।
कसले कुन उद्देश्यले कटुवा पेस्तोल र गोली लुकाएर राखेको हो थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।