एजेन्सी, साउन १६ । अल कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु भएको छ ।
अज्ञात स्रोतहरूलाई उद्धृत गरिएका समाचारमा उनको मृत्युको मिति र स्थानबारे विस्तृत विवरण अस्पष्ट छ।
फेब्रअरी महिनामा अमेरिकी सरकारले उनी बसेको ठाउँबारे जानकारी दिनेलाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो।
साउदी अरेबियाले गत मार्चमा उनको नागरिकता खोसेको थियो ।
करिब ३० वर्षको भएका ठानिएका हम्जा बिन लादेन अमेरिका र अन्य देशहरूमा आक्रमण गर्न आग्रह गर्दै भिडिओ र अडिओ रिपोर्ट सार्वजनिक गरेका थिए।
उनको मृत्युको खबर सबैभन्दा पहिले एनबीसी र न्यूयोर्क टाइम्सले सार्वजनिक गरेका हुन्।
ओसामा बिन लादेन अमेरिकी फौजद्वारा पाकिस्तानमा मारिएका अमेरिकी गुप्तचर अधिकारीहरूले जनाएका छन्।
संवाददाताहरूले त्यसबारे बुधवार प्रश्न गर्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिप्पणी गर्न अस्वीकार गरेका थिए।
ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि त्यसै गरेका थिए।
हम्जा बिन लादेनले आफ्ना पिताको अमेरिकाद्वारा गरिएको हत्याको बदला लिन जिहादीहरूलाई आग्रह गरेका थिए।
ओसामा बिन लादेन अमेरिकी विशेष फौजद्वारा सन् २०११ मा पाकिस्तानमा मारिएका थिए।
उनलाई अल कायदाभित्र आफ्ना पिताको उत्तराधिकारीको रूपमा उदाइरहेको कतिपयले ठान्ने गर्थे।