ललितपुर, साउन १६ । ललितपुरको कोञ्जोसोम गाउँपालिका शङखुमा रहेको एनसेलको टावरमा आगजनी र विष्फोट प्रयास भएको छ ।
बुधबार राति टावरमा अज्ञात समूहले आगजनी र तोडफोडको प्रयास गरेको प्रहरीले जनाएको छ । टावर नजिकै बम जस्तै शंकास्पद बस्तु पनि भेटिएको छ ।
शंकास्पद बस्तु निष्किृय बनाउन अहिले महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी नायव उपरिक्षक रामकृष्ण सापकोटा नेतृत्वको प्रहरी टोली र बम निष्कृय बनाउने नेपाली सेनाको टोली पनि घटनास्थलमा पगेको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।