सिन्धुपाल्चेकमा प्रहरी कार्यालयकै शिरमा रहेको एनसेल टावरमाथि आगजनी !

दियो पोस्ट  

काठमाडौं, १६ साउन । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर एकमा रहेको एनसेलको टावरमा आगजनी भएको छ ।


विहिबार राती विप्लव समुहका कार्यकर्ताले टावरमाथि आगजनी गरेको आशंका गरिएको छ ।
मेलम्ची इलाका प्रहरी कार्यालय नजिकै रहेको टावरमा आगजनी गरिएको भएपनि प्रहरीले अहिलेसम्म घटनाबारे सत्य तथ्य पत्ता लगाउन सकेको छैन ।


जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमा चेमजोङले घटनास्थलबाट एउटा सिलिन्डर फेला परेको बताइन् ।

उनका अनुसार घटना राती १ बजेतिर भएको थियो । एनसेल टावरमा आगो लागिरहेको देखेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । चेम्जोङका अनुसार आगजनीबाट टावसमा सामान्य क्षेती भएको छ । घटनामा समलग्न व्यक्तिहरु अज्ञात रहेको उनले बताइन् ।