खण्डनलाई विज्ञापन छपाएर पत्रकार आचार संहितामाथि एनसेलको ‘बलात्कार’ !

दियो पोस्ट  

काठमाडौं, १६ साउन । सामान्यतया प्रकाशित समाचारमा चित्त नबुझे सोही सञ्चार माध्यम मार्फत खण्डन गर्नुपर्ने प्रेस काउन्सिल कानुनमा व्यवस्था छ । तर, एनसेलले भने खण्डनलाई विज्ञापन बनाएर सम्पूर्ण दैनिक पत्रिकाको पहिलो पृष्ठ र भित्री पृष्ठमा रंग्याएको छ । विहीबार प्रकाशित अधिकांश दैनिक पत्रिकाले खण्डनलाई विज्ञापनको रुपमा प्रकाशन गरेका छन् ।


‘एक मिडियामा श्रावण १५, २०७६ का दिन प्रकाशित समाचारको खण्डन गर्दछ,’ भनेर मिडियाको नाम भने हाइड गरिएको छ । बुधबार कान्तिपुरले पहिलो पृष्ठमा एनसेलले २ अर्ब कर छली गरेको समाचार प्रकाशन गरेको थियो । अन्य शिर्षकमा कर छलि गरिएको कान्तिपुरले लेखेको थियो ।

उक्त समाचारको खण्डन सोही पत्रिकामा गर्नुपर्ने पत्रकार आचार संहितामा व्यवस्था छ । तर, एनसेलले भने विज्ञापनमा मोटो रकम खर्च गरेर पत्रकार आचार संहितालाई ‘व्यापार’ बनाइदिएको छ ।


यस विषयमा हामीले प्रेस काउन्सिल नेपालका कार्याबाहक अध्यक्ष किशोर श्रेष्ठलाई सोध्यौँ । उनले पत्रकारीताको आचार संहिता विपरित कार्य भएको बताए । ‘खण्डनलाई विज्ञापनको रुपमा प्रकाशन गर्न पाइँदैन । आचार संहिताले दिँदैन,’ श्रेष्ठले दियोपोस्टसँग भने,‘त्यसो हो भने त रिस उठेको मान्छेलाई डुबाउन पर्यो भने त एउटा लेख्ने अनि खण्डन सबै तिर छापे भइहाल्यो नी । यो मिल्ने कुरा होइन ।’

सिफारिस