काठमाडौँ, साउन १६ । पानीको गाग्रो छोएको निहुँमा दलित महिलामाथि मरणासन्न हुनेगरि कुटपिट भएको समाचार प्रसारण भएपछि दैलेख प्रतिनिधि सभाका सदस्य पार्वती बिसुन्केले घटनाप्रति ध्यानाकर्षण जनाएकी छिन् । सामाजिक संजाल फेसबुकमार्फत उनले घटना निकै संवेदनशील भएको भन्दै यसमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएकी हुन् ।
गत वैशाख ११ गते भएको घटना केही दिनअघि मात्र सार्वजनिक भएको हो । घटनालाई मिलाउनका लागि स्थानिय जनप्रतिनिधि र पार्टीका नेता कार्यकर्ताहरु लागेको र अपराधीलाई जोगाउन खोजिएको भन्ने समाचार दियोपोस्टले प्रकाशन गरेपछि सांसद विसुन्केले जनप्रतिनिधिहलाई घटनालाई भित्रभित्रै मिलाउने चलखेल नगर्न चेतावनी दिएकी हुन् । उनले अपराधीलाइ कानुनअनुसार सजाय दिलाउनका लागि पनि अपील गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘घटना प्रति गम्भिर ध्यानाकर्षण भएको छ।
दैलेख जिल्ला नारायण नपा वडा नं. १० भवानीमा पानीको धारामा पानी भरेको प्लाष्टिकको ड्रम छोएको निहुँमा दलित महिलालाई गैरदलित महिलाले धारिलो हसिया प्रयोग गरी घाईते पारेको घटना प्रति मेरो गम्भिर ध्याकर्षण भएको छ । यस घटनालाई वहानावाजि गरी मेलमिलापको दुसाहस गरी कानुनलाई हातमा ल्याउँन खोज्ने जनप्रतिनिधि र केही राजनीतिक व्यक्तिलाई कानुनले बर्जित गरेको काममा नलाग्न जानकारी गराउँदछु र कानुन कार्यान्वयन गर्ने निकायले पीडितलाई fast trak बाट न्याय प्रदान गरी राज्यको शोषित पीडित, पिँधमा परेका र न्यायको खोजिमा भौतारिएका जनतालाई कानुनी राज्यको अनुभुति गराउँन अपिल गर्दछु । ’
गत वैशाख ११ गते दैलेख जिल्लाको नारायण नगरपालिका वडा. १० कि लक्षिमा सुनारले धारामा पानी भर्ने क्रममा स्थानिय राजकुमारी न्यौपानेलाई मरणासन्न हुनेगरि कुटपीट गरेकी थिइन् । उनिमाथि हसिँया समेत प्रहार गरिएको स्थानियले बताएका छन् ।
घटना पश्चात अभियुक्त न्यौपाने फरार भएको सोही वडाका वडाध्यक्ष लोकबहादुर थापाले बताएका छन् । आरोपी जिल्ला सदरमुकाममा लुकेर बसेको समेत स्थानियको आरोप छ । पीडितले जिल्ला प्रहरी कार्यलयमा उजुरी दर्ता गराएको भएपनि प्रहरीले आवश्यक तत्परता नदेखाएको उनिहरुको गुनासो छ ।
घटनालाई भित्रभित्रै मिलाउने खेलमा स्थानिय जनप्रतिनिधि र पिडक पक्षहरु लागि परेको कुरा यसअघि नै दियोपोस्टले प्रकाशन गरिसकेको छ । पीडितलाई आर्थिक प्रलोभन देखाउने र पीडकलाई कानुनी कार्वाहीबाट बचाउनका लागि उनिहरु जोडबलले लागेको पाइएको छ ।
याे पनि