न्यायालय विगतका गल्तीलाई सच्याउँदै अघि बढिरहेको छ : प्रधानन्यायाधीश

दियो पोस्ट  

काठमाडौं,साउन १६ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायालयले विगतका गल्तीलाई सच्याउँदै अघि बढिरहेको बताएका छन् । विभिन्न संचारमाध्यमका सम्पादकसँग बिहीबार अन्तरक्रिया कार्यक्रममा उनले न्यायपालिकालाई निष्पक्ष, स्वतन्त्र र सक्षम बनाउने कार्यमा आफू क्रियाशील रहेको बताए ।

जबराले संचार माध्यामलाई नागरिकको सहज, सरल र निष्पक्ष ढंगले न्याय पाउने सपना परिपूर्ति गराउने कार्यमा सहयोग गर्न पटक–पटक आग्रह गरे । ‘न्यायपालिकालाई निष्पक्ष, स्वतन्त्र र सक्षम बनाउने कार्यमा हामी सधै क्रियाशील छौं,’ उनले भने, ‘हिजो भएका गल्तीलाई दिन दिनै सच्याउँदै हामी अघि बढिरहेका छौँ । न्यायपालिका स्वतन्त्र, निष्पक्ष र समक्ष हुनुपर्छ भन्ने संविधानको मूल मर्म पूरा गर्न सकेको योगदान दिन प्रतिवद्ध छु ।’

जबराले न्यायालय एक्लैले न्याय पाउने नागरिकको अधिकारलाई पूरा गर्न नसक्ने उल्लेख गर्दै त्यसमा सरकार, संसद र संचारकर्मीहरुको ठुलो सहयोगको अपेक्षा गरिएको उल्लेख गरे । उनले अदालतको गल्ती ढाकछोप नगर्न पनि संचारकर्मीहरुलाई आग्रह गरे ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।