जनकपुर, साउन १७ । जनकपुरधाममा दुई मुख भएको शिशुुको जन्म भएको छ ।
जनकपुरधाम स्थित मिहिलाल इन्टरनेश्नल हस्पिटलमा एक महिलाले २ वटा टाउको भएको बच्चा जन्माएकी छिन्।
सिरहा जिल्लाको कर्जन्हा नगरपालिकाको बल्टियामा घर भएको २५ वर्षीया सविता वैद्यले दुईवटा टाउको भएको अनौठो बच्चा जन्माएकी हुन्।
बच्चाको दुई टाउको, चार आँखा र चार कान रहेको जन्म भएको हो। जन्मेको एकै घण्टापछि बच्चाको ज्यान गएको अस्पतालले जनाएको छ ।
बिहीबार बेलुका साढे ५ बजे बच्चाको जन्म भएको अस्पतालले जनाएको छ।
६ महिनाकी गर्वभती सवितालाइ दिउँसो २ बजेदेखि पेट दुख्न थालेपछि भर्ना भएपछि ४ बजे अस्पतालमा डा. रुबि सिंहले सफल शल्यक्रिया गरी दुईवटा टाउको भएको बच्चालाई बाहिर निकालेको अस्पताल प्रमुख रामबाबु यादवले जानकारी दिए।
ट्रेन्डिङ खबर उपलब्ध छैन।