मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्दा बालाजुमा दुइजनाको ज्यान गयो

दियो पोस्ट  

काठमाडौँ, साउन १७ । राजधानीको बालाजुमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । सफा गर्नका लागि पाइपभित्र छिरेका दुई युवक धेरै बेरसम्म बाहिर ननिस्केपछि प्रहरी उद्धारका लागि खटिएको थियो ।

उद्धारमा खटिएका प्रहरीले उनिहरुलाई गम्भिर अवस्थामा भेट्टाएको थियो । तत्काल त्रिवि शिक्षण अस्पताल पुर्याइएको भएपनि उपचारको क्रममा मृत्यु भएको पहरीले जनाएको छ । मृत्यु हुनेमा सप्तरी घर भएका २५ बर्षीय सुरेश साह र २० बर्षीय शिवराम साह रहेका छन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।