वर्ल्ड लिंक कम्युनिकेशनको १६ लाख बराबरको सामान लुट्ने ४ जना पक्राउ

दियो पोस्ट  

काठमाडौँ, साउन १७ । केही समययतादेखि उपत्यकाभित्र गुडिरहेको गाडीबाट विभिन्न सामानहरु लुट्दै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गत साउन ८ गते वर्ल्ड लिंक कम्युनिकेशनले ट्रान्स एयर इन्टरनेशनल लजिस्टिक्स प्रा.लि को कार्गोबाट आएको करिब १६ लाख ८० हजार बराबरको सामानसमेत चोरी गर्ने ४ जनालाई महानगरिय अपराध महाशाखाले पक्राउ गरेको हो ।

वर्ल्ड लिंकले जावालाखेलबाट इन्टरनेटमा प्रयोग हुने सामाग्रीहरु गाडीमा हालेर हेटौँडा र बुटवल पठाउदै गर्दा राजधानीकै शंखमुल मार्गबाट उक्त सामान लुटिएको जनाएको छ ।

पक्राउ पर्नेहरुमा नागार्जुन नगरपालिका वडा न. ४ बस्ने अमित तुलाधर, अब्य तुलाधर, हरि कृष्ण तिवारी र सितापाइला बस्ने हरी शर्मा रहेको महानगरिय प्रहरी अपराध महाशाखाले जनाएको छ । उनिहरुलाइ हिरासतमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।