सहकारीको नाममा लूट मच्चाउँदै आएका संस्थामाथि सकारको अंकुश, १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

दियो पोस्ट  

काठमाडौँ, साउन १७ । सहकारीको आवरणमा चर्को ब्याज असुलेर उपभोक्तालाई सडकसम्म पुर्याउने संस्थामाथि सरकारले अंकुश लगाएको छ । शुक्रबार भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको सहकारी मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नयाँ ब्याजदर प्रणालीको लागु गरेको हो ।

नयाँ ब्याजदर लागु भएपछि सहकारी संस्थाहरुले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन् । पछिल्लो समय सहकारीहरुले चर्को ब्याज असुल्दै आएको गुनासो उपभोक्ताले गर्न थालेपछि विभागले ब्जाजदर नियन्त्रण गर्न ब्याजको निश्चित घेरा निर्धारण गरेको हो ।

त्यस्तै विभागले सर्वसाधारणको बचतमा कम्तिमा पनि १० प्रतिशत ब्याज दिनैपर्ने नीति लागु गरेको छ । सहकारीहरुले मनोमानी ढंगबाट ऋण प्रवाह र निक्षेप संकलन गर्न थालेपछि त्यसको नियन्त्रणका लागि सरकारले नयाँ नीति अवलम्वन गरेको हो ।

सरकारले जारी गरेको नीति कार्यन्वयन हुँदा सहकारीबाट ठगिने क्रममा केही नियन्त्रण आउने विश्वास गरिएको छ । सकारले जारि गरेको नियम कार्यन्वयन नगरिएमा सहकारीसंग पाँच लाखसम्मको जरिवाना तिराइने र अन्य कारवाही समेत गरिने बताइएको छ ।