काठमाडौं, साउन १८ । शनिबारदेखि पर्सी सोमबारसम्म चट्याङ्गसहित वर्षाको सम्भावना रहेकोले सर्तक रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो र रातीको समयमा पनि चट्याङ्गसहित वर्षाको सम्भावना रहेको र केही ठाउँमा भारी वर्षा पनि हुने महाशाखाको अनुमान छ ।
अहिले मनसुनको न्युनचापिय रेखा नेपाल तराई क्षेत्रभन्दा दक्षिणतिर रहेको छ । नेपालतर्फ सरिरहेको छ । महाशाखाले निकालेको सुचना अनुसार ३ दिनको मौसमी विवरण यस्तो छ ।
श्रावण १८ गते शनिबार
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाहुने संभावना छ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ ।
श्रावण १९ गते आईतबार
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाहुने संभावना छ।
राती : देशभर आंशिक देखि सामान्य बदली रही देशको पश्चिमि भू(भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ । पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
श्रावण २० गते सोमबार
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाहुने संभावना छ। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षा को सम्भावना रहेको छ ।
रातीः देशभर आंशिक देखि सामान्य बदली रही देशको पश्चिमि भू(भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।