काठमाडौं, साउन १८ । कारबाहीमा परेका न्यायाधीशको निर्णय सदर गर्दै सर्वोच्चले ३३ किलो सुन प्रकरणमा गरेको फैसला आजका धेरै पत्रिकाहरुले प्राथमिकता लिएर छापेको छ ।
गोरखापत्र दैनिक लेख्छः
चर्चित सुनकाण्डका विषयमा सर्वोच्च अदालतले अभियुक्त महावीर गोल्यानलाई दश लाख धरौटीमा छाड्न र अरुको हकमा उच्च अदालत विराटनगरले गरेको आदेश सदर गरेको छ ।
न्यायाधीश अनिलकुमार सिन्हा र शुस्मलाता माथेमाको इजलासले शुक्रबार सो आदेश दिएको हो । अभियुक्त गोल्यानलाई उच्च अदालत विराटनगरले पूर्वक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
अरूको हकमा भने उच्च अदालतले दिएको आदेश नै सदर भएको छ ।
जस अनुसार निलम्बित डीएसपी सञ्जय राउत, पूर्व एसएसपी श्यामबहादुर खत्री, भुजुङ गुरुङ, छिरिङ वाङद्ने घले उर्फ डा. डेभिड थुनामा नै रहने भएका छन् ।
उच्च अदालतले सई बालकृष्ण सञ्जललाई साधारण तारेख छाडेको थियो भने विमल पोद्दार र राजेन्द्रकुमार शाक्य १० लाख धरौटीमा छुटेका थिए
यस्तै कान्तिपुर दैनिकले ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरण स् एउटाबाहेक सबैमा उच्च अदालतको आदेश सदर शिर्षक दिएर लेखेको छः
सर्वोच्च अदालतले सुन काण्डमा जोडिएका ३४ जना आरोपितमध्ये महावीरप्रसाद गोल्यान अग्रवालबाहेकका हकमा उच्च अदालत विराटनगरकै आदेश सदर गरेको छ । महावीरलाई पुर्पक्ष थुनामा राख्न जिल्ला अदालतले आदेश गरेकामा उच्च अदालतले सदर गरेको थियो । सर्वोच्च अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।
न्यायाधीशहरू अनीलकुमार सिन्हा र सुस्मलता माथेमाको इजलासले यीबाहेक सबै आरोपितका हकमा उच्च अदालत विराटनगरकै आदेश सदर गरेको हो ।
यस्तै कान्तिपुर दैनिक, राजधानी दैनिक लगायत मुल धारका दैनिक पत्रिकाहरुले पनि यो खबरलाई आजको मुख्य खबर बनाएका छन् ।
कसलाई के आदेश
१. महावीरप्रसाद गोल्यान – १० लाख धरौटी
२. सञ्जयकुमार राउत – थुनामामा राख्ने आदेश
३. रामकुमार तिवारी – ५ लाख धरौटी माग
४. राजन थापा – थुनामा राख्ने आदेश
५. हेमन्त गौतम – थुनामा राख्ने आदेश
६. संवीरप्रसाद तोलांगे – थुनामा राख्ने आदेश
७. मदन सिलवाल – ५ लाख धरौटी माग्ने आदेश
८. बालकृष्ण श्रेष्ठ – थुनामा राख्ने आदेश
९. गोपालकुमार श्रेष्ठ – थुनामा राख्ने आदेश
१०. अमरमान डंगोल – थुनामा राख्ने आदेश
११. माधव भन्ने मदनप्रसाद घिमिरे – १० लाख धरौटी माग
१२. राजकुमार दारुका – १० लाख धरौटी माग
१३. लाक्पा शेर्पा – थुनामा राख्ने आदेश
१४. श्यामबहादुर खत्री – थुनामा राख्ने आदेश
१५. राजेन्द्रकुमार शाक्य – १० लाख धरौटी माग
१६. विमल पोद्दार – १० लाख धरौटी
१७. डब्बु भन्ने इम्तियाज उद्दिन – १० लाख धरौटी
१८. प्रभात अग्रवाल – ५ लाख धरौटी
१९. पुण्यप्रसाद लामा तामाङ – थुनामा राख्ने आदेश
२०. सैयद अकवर साह – १० लाख धरौटी
२१. राजु महर्जन – १० लाख धरौटी
२२. डेविड भन्ने छिरिङ वांगेल घले – थुनामा राख्ने आदेश
२३. भुजुङ गुरुङ – थुनामा राख्ने आदेश
२४. दोराम खत्री – थुनामा राख्ने आदेश
२५. वीरेन्द्रमान श्रेष्ठ – थुनामा राख्ने आदेश
२६. कपिलराज पुरी – थुनामा राख्ने आदेश
२७. विकासराज खनाल – साधारण तारेख
२८. गोविन्दप्रसाद निरौला – थुनामा राख्ने आदेश
२९. तुलाराम थारु – थुनामा
३०. बालकृष्ण सञ्जेल – साधारण तारेख
३१. दिवेश लोहनी – साधारण तारखेमा
३२. प्रजित केसी – साधारण तारेखमा
३३. बालकृष्ण खड्का – १ लाख धरौटी माग
३४. रेवन्तकुमार आचार्य – १ लाख २१ हजार धरौटी
३५. विनोद अधिकारी – १ लाख धरौटी