विप्लवले प्रहरीको इन्काउन्टर गर्ने

दियो पोस्ट  

टीकापुर,साउन १८ । प्रहरीले देशभर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाइरहेका बेला कैलालीमा विप्लवको पार्टीले प्रहरीविरुद्ध नै पक्राउ पुर्जी जारी गरेको छ। जनअदालतु को नाम दिएर नेकपाले राष्ट्रिय अनुसन्धान विभागका एक असईलाई ‘पक्राउ पुर्जी’ जारी गरेको हो।

कैलाली जनअदालत प्रमुख विकासको नामबाट शुक्रबार जारी पक्राउ पुर्जीमा राष्ट्रिय अनुसनधान विभागका असई भैरव कुँवरलाई ‘२५ दिनभित्र उपस्थित हुन’ भनिएको छ। कुँवरको घर आसपास सार्वजनिक स्थानहरू टाँसिएको उक्त पुर्जीमा लेखिएको छ– ‘कैलालीको वर्दगोरीया गाउँपालिका–१ साझा भन्ने ठाउँमा बस्ने नवराज कुँवरका छोरा भैरव कुँवरलाई २५ दिनभित्र जनअदालतमा उपस्थित हुन पक्राउ पुर्जी जारी गरिएको हो।’

चेतावनी पत्र र पक्राउ पुर्जी । 

अनुसन्धान विभागमा असई पदमा कार्यरत कुँवरमाथि नेकपाका नेता कार्यकर्ताको सुराकी, अपहरण र ज्यान मार्ने उद्योग गरेको आरोप लगाइएको छ। ‘बाटोका म्यादबाहेक २५ दिनभित्र आफैं वा पक्राउ पुर्जी बमोजिम पक्राउ परी यस अदालतमा हाजिर हुन आउनु होला’, उक्त पुर्जीमा उल्लेख छ।