विश्व आदिवासी जनजाति दिवस राजधानीमा यसरी मनाइयो, फोटोमा हेर्नुहोस् !

दियो पोस्ट  

काठमाडौँ, साउन २४ । विश्व आदिवासी दिवस राजधानीमा मनाइएको छ । शुक्रबार विभिन्न आदीवासी जनजाती संघसंस्थाका आयोजनामा सांस्कृतिक कार्यक्रमसहित मनाइएको हो ।

राजधानीको भृकुटीमण्डपदेखि माइतीघरसम्म र्याली समेत गरिएको थियो । माइतीघर पुगेर सभामा परिणत भएको र्यालीलाई सम्वोधन गर्न पुर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका सह संयोजक बाबुराम भट्टराई पुगेका थिए ।

कार्यक्रम आदीवासी जनजातीहरुले आफ्नो संस्कृती र भेषभुषाको प्रदर्षन गरेका थिए । र्यालीको क्रममा भृकुटीमण्डपमा ‘खोलालाई बग्न देऊ’, ‘खोला हाम्रो जीवन’, महिला रोकिए स‌ंसार रोकिन्छु जस्ता विभिन्न नारा लेखिएको प्लेकार्ड पदर्शन गरिएको हो।

यो दिवस मनाउँन म्यानमार, थाइल्यान्ड, कम्बोडिया, इन्डोनेसिया, फिलिपिन्स, ताजकिस्तान पाकिस्तान, बंगलादेश, समोअ, भारत र पकिस्तानका महिलाहरु नेपालमा आएका छन्।

तस्बिर- रीता बुढाथोकी