ज्वालामुखी बोलेरो दुर्घटना अपडेटः १४ जना घाइते, ५ को अवस्था गम्भिर (घाइतेको नामसहित)

दियो पोस्ट  

धादिङ, साउन २८ । धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर २ स्थित अमराईमा बोलेरो जिप दुर्घटनामा परि १४ जना घाइते भएका छन् । सदरमुकाम धादिङवेशीबाट जाँदै गरेको बा १३ च ५२३० नम्बरको जीप सडकबाट करिब ५० मिटर तल खसेको हो ।

उकालो उक्लन नसकेपछि बिचमा रोकिएको र ब्रेक पनि कमजोर भएको कारण गाडी पछाडी गुड्दै दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी निरिक्षक भोलामान अधिकारीले दियोपोस्टलाई जानकारी दिएका छन् ।

दुर्घटनामा परि ज्वालामुखी–१ छापथोकका ३२ बर्षीय वीर बहादुर नैरती, ज्वालामुखी–३ उखुबारीका प्रति विश्वकर्मा, ज्वालामुखी–१ कमेरेका लोक बहादुर सामरी, वालमाया रानामगर र ३२ बर्षीया मनमायाँ पुलामी, ज्वालामुखी–३ कोर्थोकका २१ बर्षीय मिलन परियार, १८ बर्षीय सन्ध्या परियार, ज्वालामुखी–२ बतासेका लक्ष्मी श्रेष्ठ, ज्वालामुखी–३ हटियाकी मञ्जु श्रेष्ठ, २४ बर्षीया कोपीला श्रेष्ठ, ज्वालामुखी–२ गैरीगाउँका पौष प्रसाद तिवारी, ज्वालामुखी–३ माथिल्लो हटियाका २५ बर्षीय रिजन श्रेष्ठ र विष्णु श्रेष्ठ र चालक गोपाल बहादुर नेपालीसहित १४ जना घाइते भएका छन् ।

घाइतेहरु सबैलाई उपचारका लागि जिल्ला अस्पताल धादिङ लगिएको प्रहरी प्रवक्ता डिएसपी रुपक खड्काले बताएका छन् । घाइतेमध्य ४ जनाको स्थिति गम्भिर रहेको प्रवक्ता खड्काले बताएका छन् ।

यो पनि:-

धादिङको ज्वालामुखिमा बोलेरो दुर्घटना, १० जना घाइते