युटुबरहरुले गणतन्त्रलाई ओपन च्यालेञ्ज दिए, अब हेरेर बस्न सकिँदैनः संचारमन्त्री बास्कोटा

दियो पोस्ट  

काठमाडौँ, भदौ १३ । सरकारका प्रवक्ता तथा संचार तथा सुचना प्रविधिमन्त्री गोकुल प्रसाद वास्कोटाले प्र्रेस स्वतन्त्रताको नाममा नेपाली युट्युब च्यानलहरुले मनलाग्दी गरेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा वैठकमा बोल्दै मन्त्री बास्कोटाले युट्युब च्यानलहरुले आचारसंहिताको न्युनतम मापदण्ड पनि पुरा नगरेको भन्दै सिंगो गणतन्त्रलाई ओपन च्यालेञ्ज दिएको आरोप लगाएका छन् ।

पछिल्लो समय युट्युवले गणतन्त्र ल्याउनका लागि अमुल्य योगदान गर्ने नेताहरुलाई सिध्याउन लागि परेको भन्दै यस्ता भ्रम फैलाउने र जनतामा नकारात्मक संदेश प्रवाह गर्ने युट्युब च्यानहरुलाई बन्द गर्न सरकार पछि नहट्ने बताएका छन् ।

आफुले पनि बेलाबेलामा युट्युवमा भएका गतिविधिहरुलाई नियालीरहने बताउँदै मन्त्री बास्कोटाले सरकार, संघिय लोकतान्त्रिक गणतन्त्र र संविधानको विरुद्धमा लाग्ने च्यानलहरुको क्रियाकलाप सरकारलाई पाच्य नहुने चेतावनी दिएका छन् । ‘कहिले संविधान खारेज गरौँ भनेको छ, कहिले देश टुक्र्याँउ भनेको छ’ उनले भने, प्रेस स्वतन्त्रताको नाममा मनलाग्दी गर्ने ?’

केहिदिनअघि मात्र नेकपाको अध्यक्षमाथि हातपात भएको भन्ने भ्रमपुर्ण समाचारहरु तीनै युट्युव च्यानहरुले प्रसारण गरेको प्रति मन्त्री बास्कोटले खेद प्रकट गरेका छन् । नेपाल मौलिक संस्कार र सांस्कृतिक परिचय बोकेको मुलुक भएको कारणले त्यस्ता मानिसहरुलाई निषेधित नगरेको तर अब सरकारले सहेर नबस्ने चेतावनी दिएका छन् ।

मन्त्री बास्कोटाले निरंकुशताको रहलपहलले अहिले पनि फणा उठाउन खोजेको भन्दै त्यसप्रति सरकार सजग भएको बताएका छन् । स्वतन्त्र प्रेसको नाममा सरकारलाई खुइल्याएर गणतन्त्र र संविधानलाई आघात पुर्याउने क्रियाकलाप गनुै नै प्रेस स्वतन्त्रता हो भनिन्छ भने सरकार त्यसमा सहमत नहुने बताए ।