आज देशभरमा ४६४ जना कोरोना संक्रमित भेटिए

आज देशभरमा ४६४ जना कोरोना संक्रमित भेटिए

काठमाडौं । पछिल्लो समय कोरोना महामारी बढ्दोक्रममा छ । शुक्रबार मात्रै कोरोना भाइरस संक्रमणबाट काठमाडौं उपत्यका लगायत देशभर थप ४६४ जनामा कोरोना सक्तमित भेटिएका छन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

त्यस्तै अहिले कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । अहिलेसम्म १५ हजार ८ सय १४ जना निको भई घर फर्केका छन् ।

Trending News