नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय नाघ्यो

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन ३१ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सय नाघेको छ । शनिबार कपिलवस्तुको मायादेवि गाउँपालिका वडा नं ७ का ४० बर्षीय पुरुषको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १ पुगेको हो ।

ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएपछि उनि २९ गते लुम्विनी प्रादेशिक अस्पतालमा भर्ना भएका थिए
उनको शनिबार बिहान स्वास्थ्य गम्भीर भएपनि श्वास नलीमा ट्युब राखेर उपचार भइरहेको थियो।

उनको शनिबार बिहान नै कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

सम्बन्धित खबर

सिफारिस