मनमैजुमा छुरा प्रहार गरि लक्ष्मणको हत्या गर्ने आङदोर्जे शेर्पा पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन ३१ । काठमाडौँको मनमैजुमा युवतीको विषयलाई लिएर एक युवकको हत्या गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार राति मनमैजुस्थित बसन्त टोलमा रहेको गोर्खाली खाजा घरमा बसन्तनगरका आङदोर्जे शेर्पाले नुवाकोट घर भई तारकेश्वर बस्दै आएका लक्ष्मण तामाङ्गलाई छुरा प्रहार गरेका थिए । गम्भिर घाइते भएका लक्ष्मणको उपचारको क्रममा ग्रिन सिटी अस्पतालमा मृत्यु भएको हो ।

छुरा प्रहार गरि फरार रहेका आङदोर्जे शेर्पाालाई माछापोखरीस्थित नागार्जुन गेष्ट हाउसमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस