४ सय ६८ जना कोरोना संक्रमित थपिए, १२४ जना डिस्चार्ज

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन ३१ । नेपालमा थप ४ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार भेटिएका संक्रमित मध्य ९८ जना काठमाडौँ उपत्काका रहेका छन् ।

शनिबार ११ हजार ४७ नमुनाको परिक्षण गरिएको हो ।

शनिबार सम्मा नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् ।

सम्बन्धित खबर

सिफारिस