नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ४१ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप संक्रमित हुनेहरुमा २ सय १८ जना महिला र चार सय २३ जना पुरुष रहेका छन । पद्धिल्लो २४ घण्टामा १ सय ३४ जना डिस्चार्ज भएका छन् ।
त्यस्तैगरी कोरोनाबाट आज २ जनाको निधन भएको छ । जसमा पर्साका एक महिला सहित मोरङका एक पुरुष रहेका छन् ।