आचार संहिताको धज्जी उडाउँदै कान्तिपुर : अष्ट्रेलियन व्यापारीको समाचार कसरी बन्यो विज्ञापन !

दियो पोस्ट  

काठमाडौं, १ भदौ । सामान्यतया कर्पोरेट हाउसहरुले आफ्नो उत्पादनको विज्ञापन गर्न पाउँछन् । यद्धपी विज्ञापनको मर्यादाको विषयमा बहस भइरहेको छ ।

तर, पछिल्लो समय नेपाली मिडियामा समाचारलाई विज्ञापनको रुपमा प्रकाशन गर्ने अनौठो चलन चल्न थालेको देखिएको छ । एनसेल, एनआइसि एशिया बैंक लगायत नेपालमा रहेका कर्पोरेट हाउसहरुले आफ्नो संस्थाको समाचारलाई नै विज्ञापन बनाएर प्रकाशन गरेको विषयमा प्रेस काउन्सिलले समेत छानबीन गरेको थियो ।


सोमबार प्रकाशित कान्तिपुर दैनिकले भने दुई जना व्यापारीको व्यापारिक प्रगतिसहितको प्रोफाइललाई विज्ञापनको रुपमा प्रकाशन गरेको छ ।


कान्तिपुरको तेस्रो पृष्ठमा २ जना युवाको तस्विरसहित लेखिएको छ,–‘अष्ट्रेलियाको प्रोपर्टी मार्केटमा उदाउँदो युवा सोँच ।’


उनीहरु दुइ जना अष्ट्रेलियाको मेलबर्नमा रहेको भिडिए फाइनान्स एण्ड क्यापिटलका सञ्चालक रहेछन् । दायाँ तर्फ चस्मा लगाएका व्यक्ति कर्ण राना रहेछन् । जो कमर्सियल डिरेक्टर रहेछन् । अर्का भने सुरजसिंह ऐर रहेछन् उनी उक्त कम्पनिको अध्यक्ष हुन् ।

कान्तिपुरले छापेको उक्त फरम्याटको सुरुवात समाचारबाट भएको छ । प्रकाशित उक्त समाचारलाई विज्ञापनका रुपमा छापिएको छ । उनीहरु दुई युवाको व्यापारिक करियरलाई समाचार बनाएर विज्ञापन छापिएको रहेछ ।


प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचार संहिता २०७३ (पहिलो संशोधन २०७६) को दफा ४ उपदफा ७ मा विज्ञापन बारे स्पष्ट उल्लेख गरिएको छ ।


उपदफा ७ को १ मा लेखिएको छ,–‘पत्रकार तथा सञ्चारमाध्यमले पाठक, श्रोता वा दशर्क मा भ्रम वा संशय उत्पन्न नहुने गरी समाचार, लेख, विचार र प्रायोजित सामग्री वा विज्ञापनबीच स्पष्ट अन्तर हुनेगरी सम्प्रेषण गर्नु, गराउनुपर्दछ ।’

उपदफा ७ को २ मा लेखिएको छ,–‘ पत्रकार तथा सञ्चारमाध्यमले विज्ञापनलाई विज्ञापन कै रुपमा र समाचारलाई समाचारकै रुपमा प्रस्तुत गर्नुपर्दछ ।’


तर, काउन्सिलको आचार संहितालाई ठूला मिडियाले पटक पटक उलंघन गरिरहेका छन् ।


समाचारलाई विज्ञापन बनाएर कान्तिपुरले कति कमायो ?


कान्तिपुर दैनिकको पहिलो पृष्ठमा छापिने विज्ञापनको मुल्य कति होला ? एउटा विज्ञापन पहिलो पृष्ठभर छापियो भने ४५ लाख देखि ५५ लाख रुपैयाँ तिनुपर्ने हुन्छ । त्यो पनि एकै दिनका लागि मात्रै ।
आफ्नो तस्विर सहित समाचारलाई कर्ण राणा र सुरजसिंह ऐरको विज्ञापनको रुपमा तेस्रोत पेजमा छापेका छन् । जुन पृष्ठमा प्रति सिसि ३२ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । तेस्रो पृष्ठमा फूलपेज विज्ञापन छपाउँदा ४०० सिसि हुन जान्छ । यसरी उनीहरुले आफ्नो तस्विर सहितको समाचारलाई विज्ञापन छपाउँदा कान्तिपुरलाई १२ लाख ८० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

TATA ADD