‘टेकु प्रहरी’ हुँ भन्दै महिलाको अपहरणपछि लुटपाट !

दियो पोस्ट  

काठमाडौं, २ भदौ । केही महिनाअघि महानगरीय प्रहरी आयुक्त डिआइजी विश्वराज पोखरेलका घुमुवा मकवानपुरमा हिरा लुटपाट घटनामा पक्राउ परे । उनीसँगै सुजन आचार्य भनिने पत्रकार समेत पक्राउ परे ।


केही दिनअघि कमलादीमा १६ किलो सुन बरामद प्रकरणमा प्रहरी नै समलग्न भएको पाइयो । महानगरीय प्रहरी बृत दरबारमार्गका डिएसपी नै हेडक्वाटर तानिए ।

सोमबार महानगरीय प्रहरी परिसर टेकुबाट खटिएको प्रहरी हुँ भन्दै एक समुहले एक महिलालाई लुटपाट गरेको घटना सार्वजनिक भएको छ ।


राजधानीको मूलपानीबाट एक महिलालाई अपहरण गरेर गोकर्ण जंगलमा लगेर रकमको बार्गेनिङ गरी ४० हजार रुपैयाँ लुटेर लगेको थाहा भएको छ ।

तीन जना पुरुष र एक महिलाको उक्त टोली बिहान ७ बज्दा नबज्दै मूलपानीमा रहेको टीकामायाको कोठामा पुगेका थिए र उनीहरुले आफूहरु टेकुबाट आएको प्रहरी टोली बताउँदै हत्कडी देखाएका थिए ।

तर उनीहरुले प्रहरी ड्रेस लगाएका थिएनन् । प्रहरी सेट लिएका पनि थिएनन् । ग्रिनहिल सिटी साइडमा रहेको उनको कोठामा ती व्यक्तिहरु प्रवेश गर्दा उनका छोराहरु सुतिरहेका थिए । उनीहरुलाई यी केटाहरु को हुन् भनी प्रश्न गरेका थिए । आफूहरु टेकुबाट खटिएको प्रहरी भनी उनको कोठाको खानतलासी लिन लागेको भनी दराज खोलेर एक–एक गरी खोजबिन गरेका थिए । दराजमा भेटिएको ४० हजार उनीहरुले नै लिएर गएका छन् ।

खानतलासीमा केही नभेटिएपछि पैसा कसलाई राख्न दिएकी छस् भनी केरकार गरेको र जोरपाटीमा दिदी पर्नेको कोठामा समेत लगेका थिए ।
उनलाई त्यहाँबाट अपहरण शैलीमा त्यहाँबाट गोकर्णको मंगलमा लगेर डर त्रास देखाएका थिए । बिहान ७ बजेदेखि ती महिलालाई नियन्त्रणमा लिएर गिरोहले दिउँसो १२ बजे मात्र छाडेका थिए ।

उनीहरुले फेरि आउँछौ भनेर धम्क्याएर गएको पीडित महिलाले रुँदै बताएकी छिन् । ती महिलाले ९८१८६३७५४३ र ९८६०७८८५०८ नम्बरबाट फोन गरेकी थिइन् ।

TATA ADD