बजेट नआउँदा गजुरी गाउँपालिका अनिर्णयको बन्दी बन्यो : कांग्रेस नेता भूमि कँडेल

दियो पोस्ट  

दियोपोस्ट संवाददाता


धादिङ, २ भदौ । गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतका निर्देशनमा डेढ महिनादेखि बजेट आउन नसकेपछि गाउँपालिका भर आर्थिक गतिविधि बन्द छ ।


गत असार १५ गते ल्याउन तयारी गरिएको आर्थिक वर्ष आ.ब.२०७७/०७८ कोे छैटौं गाँउसभा नै स्थगित भएपछि रोकिएको थियो । बजेट रोकिएको प्रति प्रति पक्षि दल नेपाली कांग्रेसले विरोध गरेको छ । गर्न नसकेको प्रती नेपाली काँग्रेस गजुरीले टिप्पणी गरेको छ ।


नेपाली काँग्रेस गजुरी गाँउपालिका सभापती भुमी प्रसाद कँडेलले गाउँपालिकाले स्थानिय सरकार सञ्चालन ऐनकै बर्खिलाप गतिविधि गरेको बताए ।

कोरोना भाइरस र सरकारले गरेको देशव्यापि लकडाउनलाई कारण देखाउँदै बजेट ल्याउन नसक्नुले आम गजुरीबासी माथीनै कुठाराघात गरेको प्रतिक्रिया दिए । “गाँउपालिका अध्यक्षले लकडाउनलाई त बहाना मात्र बनाएका हुन् , कारण लकडाउन होईन उहाँहरुकै पार्टी भित्र चरम गुटबन्दी हो । अध्यक्ष एउटा गुटतर्फ लाग्ने उपाध्यक्ष अर्को गुटतर्फ लाग्ने उहाँहरुबीचनै सहमती गर्नै नसकेपछि गाँउसभा गर्न नसकेको र बजेट समेत ल्याउन नसकेका हुन् । यस्तै भए यो आर्थिक बर्षसम्म बजेट नआउन पनि सक्छ । हामीले कत्तिपटक मौखिक रुपमा आग्रह गरेम्, आपत्ति जनायौँ तर उहाँहरुले हाम्रो कुरा नत सुन्नुहुन्छ नत मान्नुनै हुन्छ । पालिकामा दुई तिहाई भन्दा माथी उहाहरुनै हुनुहुन्छ नेपाली काँग्रेससंग त जम्मा १२ प्रतिशत हिस्सा छ । यसमा जिम्मेवारी सबै कुरामा अध्यक्ष ज्युले लिनुपर्दछ । यस्ता बिषय समाचार बनेर निस्कनु भनेको सरासर अध्यक्ष ज्यु असफल हुनु हो । उहाँहरुले कार्यशैली सच्याउनुपर्छ ” कँडेलले भने ।


देशव्यापी रुपमा फैलिएको कोरोनालाई नै कारण देखाउनु लज्जास्पद भएको उनको भनाई छ । “गाउँपालिकाले बजेट ल्याउन नसकेपछि विकास निर्माणमा मात्र नभई गाउँपालिकानैै अनिर्णयको बन्दी बनेको छ । यस्तो अधिकार उहाँहरुसंग थिएन,’ उनले भने,‘हाम्रो भूमिका सुझाव दिनेनै हो । राम्रो कामको समर्थन र गलत कामको खवरदारी गर्नुनै प्रतिपक्षी दलको भूमिका हो । सोहि अनुसार गाँउसभाको बिषयमा राय सुझाव दिईसकेका छौँ, अन्य बिषयमा त धेरैनै सुझाव दिएका छौँ । कतिपय हाम्रा सुझावलाई उहाँहरुले मान्नुपनि भएको छ तर यस्ता गहन बिषयमा भने उहाँहरु चुक्नुभएको छ । वडा अध्यक्षहरुलाई पटक पटक प्रश्नगर्दा पनी गाँउसभा र बजेटवारे छलफलनै हुन नसकेको प्रतिक्रिया दिने गरेको र हिजो आज भने अव छिट्टै बजेट ल्याउने बारे छलपल भएको बताउने गरेको तर यस्ता कुराहरुमा उहाँहरुनै अन्यौलमा हुनुहुन्छ ।”


कँडेलका अनुसार गत आर्थिक वर्ष गाँउपालिकाको सभावाट निर्णय भएअनुसार वडा नं.२,३,४ र ६ नं वडा कार्यालयहरु ध्माधम निर्माण कार्य सुरु भएको र विषेशगरी नेपाली काँग्रेसका तर्फवाट जीतेका वडाको कार्यालय भवनका बिषयमा अध्यक्ष र उपाध्यक्षको कुरा बाझिएको छ ।

उपाध्यक्ष सिता ढुङ्गाना भन्छिन्,‘कार्यापालिकाको बैठक बस्न पाएन’


स्थानिय सरकार सञ्चालन ऐन २०७४ अनुसार बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक उपाध्यक्ष रहने व्यवस्था छ । उपाध्यक्षले नै बजेट पेश तथा पारित गर्नुपर्ने ऐनमा व्यवस्था छ । असार १० भित्र आगामी आर्थिक वर्षको बजेट कार्यापालिकाबाट स्विकृत गराई सभामा पेश गर्नुपर्ने हुन्छ ।

‘सभा स्थगित भएपछि बजेट प्रस्तुत गर्ने कुरै भएन । सभा बस्नुअघिको कार्यापालिकाको बैठक नै नबसेकाले बजेटको खाका कार्यापलिकामा पेश गर्नुपर्छ । गत असार १५ गते सभा बस्नुपर्ने हो तर कार्यापालिकाको बैठकले एकैचोटी २५ गते बस्यो । त्यही भएर १५ गते बजेट आउन सकेन,’ उपाध्यक्ष सिता ढुङ्गाना भन्छिन् ।

सिफारिस