काठमाडौं,३ भदौ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा रिपोर्टिङ गर्न दिल्लीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई अपर्झट बोलाएपछि चारजना सहयोगीका साथ उनी सडकमार्गबाट बुधबार उनी दिल्लीका लागि प्रस्थान गरेका छन्
।
राजदूत क्वात्रा विहान नागढुङ्गाबाट बाहिरिएका छन् । उनी भैरहवा सुनौली नाकाबाट भारत प्रवेश गरेर दिल्ली जान लागेका हुन ।
उनी आगामी ६ गते नेपाल फर्किने बुझिएको छ । नेपालको पछिल्लो राजनितीक घटनाक्रमको रिपोर्टिङ गर्न दिल्लीले बोलाएपछि उनी हिजो मध्यान्ह व्याकडोरबाट माधव नेपालको निवास कोटेश्वरमा पसेका थिए र लामो भलाकुसारी गरेर दुतावास फर्किएका थिए ।
दूतावासमा केही समय आराम गरेपछि उनी साझँ ५ बजेपछि प्रचण्डसँग परामर्श लिन खुमलटार पुगेका थिए । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा आफ्नो रिपोर्ट र प्रचण्ड माधव नेपालको प्रस्ताव बोकेर राजदूत क्वात्रा दिल्लीको लागि प्रस्थान गरेको बुझिएको छ ।
त्यति मात्रै होइन उनले प्रधानमन्त्री केपी शर्मा ओलीका निकट पात्र मानिने उद्योग राज्य मन्त्री मोती दुगडलाई समेत शाही नातेदारको घरमा भेटेका थिए । त्यस्तै राजनीतिक ब्युरो प्रमुख भिप्रा पाण्डे लगायतसँग प्रधानमन्त्री ओलीका अर्का विदेश मामिला सल्लाहाकार राजन भट्टराईले भेट गरेका थिए । यी सबै घटनाक्रमको रिपोर्टिङ गर्न उनी दिल्ली प्रस्थान गरेको पाइएको छ ।